कोरोना भाइरसको संक्रमणका कारण रातो मच्छिन्द्रनाथको जात्रा स्थगित भएको छ । जात्राको रथ निर्माणको काम आजदेखि हुँदै थियो । रथ निर्माणको काम स्थगित गरिएको गुठी संस्थान र ज्यापु समाज यलले जानकारी दिएको छ । बिहीबार विधिपूर्वक मच्छिन्द्रनाथलाई स्नान गराएर शुक्रबारदेखि रथ निर्माणको काम गर्नुपर्ने थियो । कोरोना भाइरसको महामारीका कारण सिर्जना भएको विषम परिस्थितिका कारण…