दुईतिहाइ सरकारप्रति असन्तुष्टि बढ्यो, ‘अलोकतान्त्रिक’ बाटो रोजेको भन्दै प्रदर्शन

काठमाडौं असार, १– सरकारले सरोकारवालासँग परामर्श नै नगरी धमाधम विधेयक ल्याउन थालेपछि सर्वत्र विरोध भएको छ। दुईतिहाइ नेतृत्वको सरकार ‘अलोकतान्त्रिक’ बाटोमा जान खोजेको भन्दै आन्दोलन सुरु भएको छ। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ । केही दिनदेखि विभिन्न क्षेत्रका पेसाकर्मी र अधिकारकर्मी सडक आन्दोलनमा छन्। मानवअधिकारकर्मी, सञ्चारकर्मी, गुठीयारदेखि बेरोजगार युवासम्म सरकारविरुद्ध सडकमा छन्। झन्डै आधा…