अमेरिकी बेस क्याम्पमा क्षेप्यास्त्र आक्रमण : नेपाली रातभर बंकरमै

काठमाडौँ । इराकको अलअन्वर क्षेत्रमा रहेको अमेरिकी अल असाद एयरबेस क्याम्पमा मंगलबार राति १० बजेदेखि नै इरानले मिसाइल हान्दै छ भन्ने हल्ला फैलिइसकेको थियो । सेनाले तुरुन्तै आपत्कालीन घण्टी बजाएपछि झापाका राकेश क्षत्रीसहित ९ जनाको टोली जमिनमुनिको बंकरमा गएर बसे । आपत्कालीन घण्टी बजेपछि उनीहरूलाई तोकिएको बंकरमा गएर बस्नुपर्छ भनेर बेस क्याम्पमा पहिले नै सिकाइएको थियो । बेस…