भूमाफियाको दाउ भताभुंग: सरकारी जग्गा सरकारको नाममा गर्न सर्वोच्चको आदेश

पत्रपत्रीकाबाट- भूमाफियाहरुले कथित गुठी र नक्कली मोहीमार्फत हत्याउने प्रयास गरिरहेको राजधानी गोठाटारस्थित करिब २५रोपनी जग्गा सरकारको नाममा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । प्रधानान्यायाशीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश डम्बरबहादुर शाहीको संयुक्त इजलासले गुठी संस्थानबाट भूमाफियाको डिजाइनमा गुह्येश्वरी चैत्य महाअष्टमी गुठीको तैनाथी कायम गरेको जग्गा सरकारी भएको ठहर गरेको हो ।सर्वोच्चको फैसलासँगै भूमाफियाहरुले गुठीमार्फत मोहीका…