लकडाउनमा मजदुरको पिडा : खानेकुरा सकियो, आफ्नै देशमा अलपत्र भयौँ

काठमाडौं । कैलालीको भजनी गाउँपालिकाका विक्रम डँगौरा काठमाडौंबाट घर जान भनेर हिँडेको सात दिन भयो । बल्लतल्ल बुधबार दाङको भालुवाङ आइपुुगेका उनलाई घर पुग्न अझै उत्तिकै लामो बाटो पार गर्नु छ । लामो हिँडाइले उनका खुट्टा सुन्निएको पीडा त छ नै, झोलामा खानलाई राखेको चिउरा पनि सकिएको छ । विक्रमसँगै भेटिएका बर्दियाकै बारबर्दिया गाउँपालिकाका ६० वर्षीय सूर्यप्रसाद रिजाल…