काठमाडौंँ । बिहीबार बिहान १०ः३० बजे साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड पुग्दा विगतभन्दा उपभोक्ताको भीडभाड र चहलपहल निकै कम थियो । यद्यपि किनमेल गर्नेको चहलपहल सुरु भइसकेको थियो । कार्यालय समयमा खुल्ने ग्यास तथा खाद्यान्न बिक्री केन्द्रबाट सामान खरिद गर्न केही उपभोक्ता त्यसअघि नै परिसरमा आइपुगेका थिए । विश्वभर कोरोना भाइरसको त्रास फैलिएपछि चिन्तित हुँदै उपभोक्ता…