नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाको ‘इन्डो प्यासिफिक रणनीति’ (आईपीएस) विश्व हितमा रहेको बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमणको दोस्रो दिन आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले यस्तो धारणा बाहिर ल्याएका हुन्। उनले भारत र अमेरिकाबीचको सहयोग समान लोकतान्त्रिक मूल्य र उद्देश्यमा आधारित रहेको स्पष्ट पारे। ‘हामी दुवै मुलुक विश्वमा कनेक्टिभिटी र पूर्वाधार…