काठमाडौंस् पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आजदेखि राज्यको तर्फबाट पाउँदै आएको सबै सेवा – सुविधा त्यागेकी छन्। भण्डारीले गृह मन्त्रालयमा सरकारी सेवासुविधा फिर्ताको निवेदन दिएकी हुन् । सरकारले पूर्वराष्ट्रपतिलाई प्रदान गर्दै आएको सेवा–सुविधाअन्तर्गत उनलाइ मासिक डेढ लाख रुपैयाँसम्मको प्रशासनिक सहायता, स्वकीय सचिव, कार्यालय सहयोगी, पेट्रोल सुविधा, र सुरक्षाकर्मीका लागि घरभाडा उपलब्ध हुँदै आएको थियो। गृह मन्त्रालयका अनुसार…