मन्त्री पौडेलले गराए नेपालको डिजिटल स्वास्थ्यबारे विश्व समुदायलाई जानकारी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्रसंघीय क्षेत्रीय मन्त्रीस्तरीय बैठकमा नेपालको डिजिटल स्वास्थ्यका क्षेत्रमा भैरहेका प्रयासबारे विश्व समुदायलाई जानकारी गराएका छन् । थाइल्याण्डको बैंककमा सम्पन्न सम्मेलनमा नेपालका तर्फबाट सम्बोधन गरेका मन्त्री पौडेलले नागरिकको स्वास्थ्य तथ्यांक छरिएर रहेकामा एकीकृत गर्नका लागि नेपालले नीतिगत रुपमा निर्णय गरेर सुधार प्रयास थालिसकेको बताए । नागरिक परिचय…