काठमाडौँ। डा गोविन्द केसीले आफूमाथि लगाएको लाञ्छना पुष्टि गर्न स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई चुनौती दिएका छन्। डा केसीले मेडिकल माफियासँग मिलेको र नेपालको मेडिकल क्षेत्र ध्वस्त पार्ने भूमिका खेलेको आरोप लगाएपछि डा केसीको प्रत्युत्तर आएको हो। ‘हालै प्रचण्ड सरकारका स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले ममाथि लगाएको घोर आपत्तिजनक अभिव्यक्तिप्रति मेरो गम्भीर ध्यानकर्षण भएको छ। ममाथि लगाएको आरोप…