काठमाडौं, २० असार । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आयुर्वेदको विकास गर्ने कार्य योजना लिएर आउन विज्ञलाई सल्लाह दिँदै आफू तत्काल कार्यान्वयन गर्न तयार रहेको बताएका छन् । नेपाल आयुर्वेद चिकित्सक संघको २६औं स्थापना दिवसको अवसरमा बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री बस्नेतले आयुर्वेद क्षेत्रका विज्ञहरुले अब सरकारले यो गरेन वा त्यो गरेन भनेर…