काठमाडौं, १ पुस । प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ । गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेम्वाङले मतगणनामा धाँधली गरेर चुनाव जितेको भन्दै पुन : मतगणना गर्न माग गर्दै उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले मुद्दा दायर गरेका हुन् । संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख समेत रहेका…