काठमाडौं, २१ मंसिर । भारतीय राजदूत नवीन श्रीवास्तवले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । राजदूत श्रीवास्तव बुधबार बिहानै ओली भेट्न बालकोट पुगेका थिए । ओली र श्रीवास्तवबीच बिहान साढे ११ बजेदेखि साढे १२ बजेसम्म भेटघाट भएको ओलीको सचिवालयले जनाएको छ ।