काठमाडौं । निर्वाचन आयोगले बैंक खाता खोल्ने कामका ढिलाई नगर्न प्रतिनिधि सभाका उम्मेदवारलाई ताकेता गरेको छ । शुक्रवार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगले निर्वाचनको प्रचारप्रसार सम्बन्धि सबै खर्च सोही खाताबाट हुनुपर्ने भएकाले बाँकि रहेका उम्मेदवारहरुलाई तत्काल खाता खोल्न सचेत गराएको हो । सार्वजनिक विदाका कारण पनि सो खाता खोल्ने काममा उम्मेदवारहरुलाई असहज हुनसक्ने देखिएको र…