बजेट पास गर्न मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पास गर्न मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री कार्यालयका अनुसार बैठक अपरान्ह २ बजे बोलाइएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आजै संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नेछन् । त्यसका लागि आज अपराह्न ४ बजेका लागि संघीय संसद्को दुवै सदनको संयुक्त बैठक बोलाइएको छ ।