जिल्ला समन्वय समिति रौतहटको सभापतिमा कांग्रेसका रामअयोध्या यादवसहित गठबन्धनको प्यानलै विजयी

जिल्ला समन्वय समिति रौतहटमा कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रका उम्मेदवार प्यानलसहित विजयी भएका छन् । सत्ता साझेदार जसपा जिससको निर्वाचनमा बाहिर बसेको छ । १८ स्थानीय तहको कुल ३६ मतमा कांग्रेसबाट सभापति पदका उम्मेदवार रामअयोध्या यादव २६ मत प्राप्त गरी विजयी बनेका छन् । उपसभापतिमा एकीकृत समाजवादीका महेश बैठाले २५ मत प्राप्त गरेर जित…