नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीमा दाबेदार एनपी साउदले सम्पर्क कार्यालय खोलेका छन् । वर्तमान केन्द्रीय सदस्यसमेत रहेका साउदले अनामनगरस्थित सिंहदरबारको पूर्वी गेट अगाडि लायन्स हब रहेको भवनको तेस्रो तलामा सम्पर्क कार्यालय खोलेका हुन् । कार्यालयको औपचारिक शुभारम्भ भोलि बुधबार हुनेछ । यद्यपि कार्यालयमा नेता कार्यकर्ताको उपस्थिति बढेको छ । साउदका सहयोगी दिपक जोशीले कार्यालय सञ्चालनमा…