नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आशन्न स्थानीय तहको निर्वाचनमा चुनावी तालमेलका लागि पार्टीले सातवटै तहका कार्यसमितिको सल्लाहअनुसार निर्णय लिने बताएका छन्।काभ्रेको धुलिखेलमा आज आयोजित पत्रकार सम्मेलनमा उनले चुनावी तालमेलका बारेमा निर्णय गर्नका लागि सवै तहका कार्यसमितिहरुसँग राय लिइने बताएका हुन्। ‘नेपाली कांग्रेस डेमोक्रेटिक पार्टी भएकोले केन्द्रीय कार्यसमिति, सातै वटा प्रदेश कार्यसमिति, ७७ जिल्ला कार्यसमिति, १६५…