पूर्वप्रधानमन्त्री एबम सत्ता साझेदार जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आलटाल नगरी एमसीसी संसदबाट पारित गर्नुपर्ने बताएका छन् ।उनले सामाजिक सन्जाल ट्विटरमार्फत सर्वसम्मतिले एमसीसी पारित गर्नुपर्ने धारणा सार्वजनिक गरेका हुन् । भट्टराईले ट्विटरमा लेखेका छन्, ‘एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं । सबै एकमुख भएर जनतालाई बुझाऔं, यही बहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस्…