२७ कात्तिक काठमान्डौं, नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले उच्च समझदारीका साथ आसन्न दशौँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्न पार्टीका सदस्यलाई आह्वान गर्नुभएको छ । महाधिवेशनका लागि आज देशभर प्रतिनिधि चयनको मिति तय भएको सन्दर्भमा अध्यक्ष ओलीले आज सन्देश जारी गर्दै दलभित्र आपसी समझदारी सुदृढ एकताको आधार हुने भएकाले यसलाई लोकतन्त्रकै अभ्यासका रुपमा…