काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले आउँदो फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई धाँधलीरहित र निष्पक्ष बनाउन सरकार गम्भीर हुनुपर्ने बताएका छन् । बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सभापति शर्माले निष्पक्ष निर्वाचन सम्पन्न गरिनु अहिलेको प्रमुख आवश्यकता भएको उल्लेख गरे । उनले हाल राजनीतिक संगठन र विचारभन्दा पनि…