महिलाको हक, अधिकार स्थापित गराउन मङ्गलादेवीको महत्वपूर्ण भूमिका छ: प्रकाशमान सिंह

काठमाडौँ, २५ मङ्सिर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली महिलाको हक, अधिकार स्थापित गराउन स्वर्गीय मङ्गलादेवी सिंहको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । प्रजातान्त्रिक आन्दोलनको प्रथम महिला नेत्री मङ्गलादेवी सिंहको १००औँ जन्मजयन्तीका अवसरमा नेपाल महिला सङ्घ काठमाडौँ जिल्ला शाखाले आज मङ्गलादेवी पार्कमा बुद्धनगरमा आयोजना गरेको कार्यक्रममा उहाँले नेपाली महिलाहरूको हक, अधिकारका लागि मङ्गलादेवीको उल्लेख्य…