मुद्दाको हारजितको आधारमा कानून व्यवसायीको पारिश्रमिक निर्धारण गर्नु उपयुक्त हुँदैनः सांसद गौतम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले मुद्दाको हारजितको आधारमा कानून व्यवसायीको पारिश्रमिक निर्धारण गर्नु उपयुक्त नहुने बताएकी छिन् । सोमवार प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयकमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएकी हून् । उनले आर्थिक अभावको कारणले धेरै नागरिकहरुले न्याय नपाएएको उल्लेख गर्दै…