संक्रमणकालीन न्याय सम्बन्धी आयोगहरुमा गरिएको नियुक्तिप्रति द्वन्द्वपीडितको आपत्ति

काठमाडौं । द्वन्द्वपीडित समूदायले संक्रमणकालीन न्याय सम्बन्धी आयोगहरूमा पदाधिकारीहरू नियुक्तिमा असहमति जनाएका छन् । शुक्रबार काठमाडौंमा द्वन्द्व पीडित महिला राष्ट्रिय सञ्जाल, द्वन्द्व पीडित साझा चौतारी, वेपत्ता परिवार समाज नेपाल, द्वन्द्व पीडित साझा चौतारीलगायतले संयुक्त पत्रकार सम्मेलन गर्दै आफूहरूसँग परामर्श नै नगरि आयोगमा अपारदर्शी, स्वेच्छाचारी, अविश्वसनीय, निर्देशीत र दलीय भागवण्डाका आधारमा पदाधिकारी छनौट गरिएको भन्दै आपत्ति…