काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्रको काठमाडौं जिल्ला अदालतमा बयान सुरु भएको छ । तीनकुने घटनाका प्रतिवादी मिश्रको बयान मंगलबार न्यायाधीश तारादेवी महर्जनको इजलासमा सुरु भएको हो । मिश्रविरुद्ध यही जेठ ११ गते राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन माग दाबी गरी मुद्दा दर्ता भएको थियो…