सहकारी क्षेत्रलाई बिग्रिन नदिने प्रतिबद्धता

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले सहकारी क्षेत्रलाई बिग्रिन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित ‘सहकारी अध्यादेश, निर्देशन तथा मापदण्ड’ विषयक छलफल कार्यक्रममा उनले सहकारी क्षेत्रमा देखिएका समस्याहरुलाई समाधान गर्न अत्यन्तै चिन्तित र प्राथमिकताका साथ सरकार लागेको भन्दै यसलाई बिग्रिन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।…