रविको मुद्दामा रुपन्देही जिल्ला अदालतमा जवाफी बहस सकियो

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रविको मुद्दामा रुपन्देही जिल्ला अदालतमा जवाफी बहस सकिएको छ । रवि लामिछानेसहितको मुद्दामा सरकारी, जाहेरवाला र प्रतिवादीका वकिलहरूको थुनछेक बहस सकिए लगत्तै जवाफी बहस भएको हो । न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बहस भएको हो । जवाफी बहसपछि इजलासले यो मुद्दामा आदेश गर्नेछ ।