काठमाडौं । नेपाल प्रेस युनियनले सरकारले ल्याएको सामाजिक संजाल सम्बन्धि विधेयकको विरोध गरेको छ । प्रेस युनियन काठमाडौं शाखाले विहीबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो । सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ अगाडि बढाउँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाउन खोजेको भन्दै विरोध जनाएको हो ।…