काठमाडौँ( ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफूखुसी ढंगले अघि बढ्न खोजको बताएका छन्। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री खड्काले सञ्चालक समितिले गरेको निर्णय कार्यान्वयन नगरेर घिसिङ आफुखुसी ढंगले अघि बढ्न खोजको र सरकारलाई नटेरेको बताएका हुन्। घिसिङका अराजक गतिविधिलाई सरकारले हेरेर नबस्ने र लगाम लगाउने उल्लेख गरे।…