काठमाडौँ । संक्रणकालीन न्यायसम्बन्धी प्रक्रिया टुंग्याउने विषयमा तीन दलबीच सहमति भएको छ।संक्रणकालीन न्यायसम्बन्धी विधेयकका मूलभूत विषयमा कांग्रेस, एमाले र माओवादीबीच सहमति भएको हो। बिहीबार सिंहदरबारमा बसेको कार्यदलको बैठकले विधेयकमा विवादित विषयमा चारबुँदे सहमति गरेको हो। विधेयमा सहमति जुटाउन माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा, एमालेका महेश बर्तौला र कांग्रेसका रमेश लेखक रहेको कार्यदलले सहमति निकालेको हो।…