काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवम पूर्वमन्त्री सुजाता कोइरालाले कोइराला परिवार एकजुट भएर कांग्रेसलाई एकढिक्का बनाउनुपर्नेमा जोड दिएकी छिन् । शुक्रबार वालुवाटारस्थित डा. शेखर कोइरालाको सचिवालयमा पुगेर कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उनले डा.शेखरको नेतृत्व स्वीकार्ने बताइन् । ‘देशको अवस्था गम्भीर छ । हामी एकजुट भएर अघि बढेनौं भने कांग्रेस रहँदैन, डेमोक्रेसी पनि रहँदैन र मुलुकपनि रहँदैन,…