सत्य निरूपण र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त गर्न समिति गठन

काठमाडौं । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगमा पदाधिकारी नियुक्त गर्नका लागि सिफारिस समिति गठन गरेको छ ।शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद् बैठकले पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा दुवै आयोगका अध्यक्ष एवं सदस्य सिफारिस गर्नका लागि सिफारिस समिति गठन गरेको नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।…