जग्गाको अभिलेख अद्यावधिक गर्न पुनःनापी आवश्यक: मन्त्री अधिकारी

काठमाडौँ, । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले देशभर रहेका जग्गाको अभिलेख अद्यावधिक गर्न पुनःनापी आवश्यक भएको जानकारी दिए । उनले भने, “भूमिसम्बन्धी परापूर्वकालदेखिका कतिपय अभिलेख धमिराले खाएको छ, यसलाई व्यवस्थित गर्न सकिएको छैन । गलत प्रक्रियाबाट भूमिसम्बन्धी काम भएको हुँदा केही जग्गा कारोबारको अभिलेख नै भेटिएको छैन, यसकारण देशभर पुनःनापी गर्न जरुरी…