झापा । झापाको बिर्तामोड नगरपालिका–३ सूर्यनगर टोलमा रहेको रिद्धिसिद्धी भेनियर प्लाई उद्योगमा आगलागी भएको छ । अनुप अग्रवालले संचालन गरेको सो प्लाई फ्याक्ट्रीनजिकै साईडमा प्लाई बनाउन प्रयोग हुने कच्चा पदार्थ भेनियर राखेको ठाउँमा शुक्रबार बिहान ४ बजे अचानक आगलागी भएको बताइएको छ ।आगलागीबाट करिब तीन लाख बराबरको क्षति भएको झापा प्रहरीले जनाएको छ । इलाका…