काठमाडौ– फुटबल प्रतियोगिता गर्ने विषयमा कुरा नमिलेपछि विवाद हुँदा रोशी गाउँपालिका–११ मा आइतबार राति गोली चलेको प्रहरीले जनाएको छ । रोशी गाउँपालिका–११ कालढुङ्गास्थित पञ्चबुद्ध युवा क्लबको आयोजनामा दशैँको अवसरमा असोज २२ गतेबाट ‘खुल्ला बृहत् रोशी कप’को आयोजना गर्ने तयारी भइरहेकोमा उक्त बिषयमा बिबाद बढेपछी गोली चलेको हो । ‘फुटबल प्रतियोगिताको विषयमा भएको विवादमा फायरिङ भएको…