बागमती प्रदेश : मन्त्रालय आठमा झर्‍यो, मन्त्री १४ नै कायम

हेटौंडा, साउन १ । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना चुस्त बनाउने उद्देश्यसहित मन्त्रालयको संख्या १४ बाट घटाएर ८ मा सीमित गरेको छ । निर्णय आजदेखि कार्यान्वयनमा आए पनि मन्त्रीहरूको संख्या भने यथावत् १४ नै कायम रहेपछि सरकारको मितव्ययिता र सुशासनप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठ्न थालेको छ । सरकारले मन्त्रालय संख्या घटाएसँगै केही मन्त्री…