गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले महामानव गौतम बुद्धले मानव कल्याण र शान्तिका लागि देखाउनुभएको मार्गदर्शनलाई आत्मसात् गरेर अघि बढ्नुपर्ने बताउनु भएको छ । २५६५औँ बुद्ध जयन्तीका अवसरमा उहाँले आज जारी गर्नुभएको शुभकामना सन्देशमार्पम्त स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण बुद्ध धर्मावलम्बी तथा नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्नुभएको हो ।…