गोरखामा ट्रयाक्टर भिरबाट खस्दा चालकको मृत्यु 

गोरखाको अजिरकोट गाउँपालिका–२ वालाङमा गएराती ट्रयाक्टर अनियन्त्रीत भई भिरमा खस्दा चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सिरान्चोक–४ छोप्राकका २७ बर्षीय बिक्रम श्रेष्ठ रहेका छन् ।  गएराती साढे ११ बजे ग १ त ४५७४ नम्बरको सिमेन्ट लोड भएको ट्रयाक्टर अनियन्त्रीत भई दुर्घटना भएको प्रहरी चौकी भच्छेकले जनाएको छ ।