रौतहट । रौतहट प्रहरीले श्रीमतीको हत्यामा संग्लन श्रीमानलाई पक्राउ गरेको छ । ईशनाथ नगरपालिका वडा नम्बर ७ घिउरा टोल निवासी फैयाद मियाँलाई प्रहरीले पक्राउ गरेको हो । गहुँ खेतमा लगेर श्रीमती चाँदनी खातुनको घाँटीमा सलले बेरेर र मुख थिचेर हत्या गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको…