काठमाडौं, २६ साउन । सामाजिक सञ्जालमार्फत महिलाको अपमान र हैरान पार्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्युरोले महिलालाई सामाजिक सञ्जालमार्फत् हैरानी तथा अपमान गरेको आरोपमा ललितपुरबाट एक जनालाई पक्राउ गरेको प्रवक्ता एवं प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए । ललितपुरको महालक्ष्मी नगरपालिका(८ बस्ने २४ वर्षीय अमन राजथलालाई मंगलबार पक्राउ गरिएको…