काठमाडौं । लागुऔषध सम्बन्धी मुद्दामा पक्राउ परेका थुनुवालाई लिएर भागेका नेपाल प्रहरीका तत्कालीन जवानलाई प्रहरीले १६ वर्षपछि पक्राउ गरी सार्वजनिक गरेको छ ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले लागुऔषध मुद्दाका प्रतिवादी भारतीय नागरीक वीरवल राय यादवलाई बिहीबार पक्राउ गरेको हो । रौतहट घर भएका यादव लामो समय भारतमा लुकीछुपि बसेर कोलकत्तामा ट्याक्सी चलाउँदै आएको…