काठमाडौँ, १४ असार । । मिनरल वाटरको बोतलमा रहेको पेट्रोल टुकीमा खन्याउने क्रममा आगलागी हुँदा सिमकोटमा एक जना युवक घाइते भएका छन् । घरमा उज्यालो पार्न टुकीमा पेट्रोल खन्याउने क्रममा बुधबार राति ८ बजे नजिकै रहेको भान्साको आगोले टिप्दा आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार खार्पुनाथ गाउँपालिका–३ को राया…