राजुले जिते एसियन शारीरिक सुगठनमा कास्य पदक

नेपाली शारीरिक सुगठन खेलाडी राजु राईले माल्दिभ्समा आयोजना भइरहेको ५४ औं एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस्अन्तर्गत फिटनेस फिजिकमा कास्य पदक प्राप्त गरेका छन् । सोमबार टिम ब्यवस्थापक तथा संघका उपाध्यक्ष दिनेश राजभण्डारीले राजुले कास्य पदक प्राप्त गरेको जानकारी गराए । राजुले १७० सेमिसम्मको समूहमा तेस्रो स्थान प्राप्त गर्दै कास्य पदक हात पारेका हुन् ।…