धरानको चिन्डेडाँडामा बढ्दै पर्यटकको चहलपहल

सुनसरी । धरान उपमहानगरपालिका-२० मा अवस्थित चिन्डेडाँडा ९रमितेडाँडा०मा गर्मीयामसँगै आन्तरिक पर्यटकको चहलपहल उल्लेख्य रूपमा वृद्धि भएको छ। धरान बजार, इटहरी, चारकोसे झाडी तथा तराईका विभिन्न ठाउँको रमणीय दृश्यावलोकन गर्न सकिने यो डाँडा पछिल्लो समय पूर्वी नेपालकै चर्चित पर्यटकीय केन्द्रसँगै हाइकिङ गन्तव्यका रूपमा विकास हुँदै गएको छ। गर्मीको समयमा साथीभाइ वा परिवारसहित घुम्न र हाइकिङ गर्न…