काठमाडौं। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालको कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका अधिकांश भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी तराईमा मनसुनी वायुको स्पष्ट प्रभाव देखिएको छ। देशका बाँकी पश्चिमी क्षेत्रहरूमा भने पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी प्रदेशमा साधारणतया बदली रही बागमती र कोशीका केही स्थानमा…