कोशी, बागमती र गण्डकीमा चट्याङ्गसहित वर्षाको सम्भावना, कर्णाली र सुदूरपश्चिममा हिमपात

काठमाडौं– हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानमा आज रातिदेखि नै हल्का वर्षा भइरहेको छ । ‘आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ,’ महाशाखाले आज बिहान जारी गरेको सूचनामा भनिएको…