बाढीपहिरोमा बेपत्ता नागरिकको खोजी कार्य, उद्दार र राहतमा जुट्न सरकारको ध्यानाकर्षण

काठमाडौं, असार ४ । ताप्लेजुङ र पाँचथरका राजनीतिक दलका नेता तथा जनप्रतिनिधिहरूको टोलीले कोशी प्रदेशका विभिन्न भूभागमा गएको बाढीपहिरोमा परी बेपत्ता भएका नागरिकहरूको खोजी, उद्दार कार्य र राहतका निम्ति सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबार विहान बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर दलका नेता तथा जनप्रतिनिधिहरूले ताप्लेजुङ, पाँचथर र संखुवासभामा बाढीपहिरोबाट ठूलो धनजनको क्षति…