आजको मौसम: देशभर बदली, हावाहुरीसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौं। हाल नेपालको मौसममा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिकै फैलिएको न्यून चापीय रेखाको संयुक्त प्रभाव देखिएको छ। यस मौसमी प्रणालीका कारण अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा पूर्ण रूपमा बदली भएको छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लागेको…