मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल आइडलकी सुजाता पाण्डेयको गीतमा देखिइन् होस्ट रीमा (भिडियो)



विश्व चर्चित टेलिभिजन फ्रेन्चाइज आइडलको नेपाली संस्करण नेपाल आइडलको पहिलो संस्करण पोखराका बुद्ध लामाले जिते। निशान भट्टराई र प्रताप दास क्रमश दोश्रो र तेस्रो भए। अहिले नेपाल आइडलका ति टप ३ प्रतियोगीहरू देश तथा विदेशको विभिन्न कार्यक्रममा व्यस्त छन्। टप ३ प्रतियोगीहरू मात्र हैन अन्य प्रतियोगीहरू पनि नयाँ गीत सार्वजनिक र कार्यक्रमहरूमा व्यस्त छन्।

यसैबीच नेपाल आइडलको टप ५ बाट बाहिरिएकी सुजाता पाण्डेले आफ्नो नयाँ गीत ल्याएर दर्शकमाझ आएकी छन्। ‘कोहि भन्छन् ‘ बोलको उक्त गीतमा रुद्र ज्ञवालीको शब्द र तेज प्रसाद पाण्डेयको संगीत रहेको छ। गीतको म्युजिक भिडियोमा नेपाल आइडलकी होस्ट रीमा बिश्वकर्मा र निराजनले अभिनय गरेका छन्।

प्रकाशित मिति : २६ फाल्गुन २०७४, शनिबार  ४ : ५१ बजे