मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिल्लीमा नेपाल–भारत प्रबुद्ध समूहको बैठक बस्दै



काठमाडौं – नेपाल–भारत सम्बन्धका विविध आयामको अध्ययन र आवश्यक सुधारका लागि सिफारिस गर्न गठित दुईपक्षीय प्रबुद्ध समूहको बैठक बिहीबारदेखि भारतको नयाँ दिल्लीमा बस्दैछ ।

बैठकका लागि नेपाली टोली बुधबार त्यसतर्फ गएको छ । शुक्रबारसम्म हुने समूहको बैठक सम्भवतः कार्यकालको अन्तिम बैठक हुनेछ ।
दुई देशमा आलोपाली गरी बैठक बस्ने चलन अनुसार यसपटकको बैठक भारतमा बस्न लागेको हो । यसअघि गएको फागुनमा नेपालमा बैठक भएको थियो ।

काठमाडौंमा भएको यसअघिका बैठकमा नेपाल र भारत दुवै पक्षले सम्बन्ध सुधारका लागि गर्नु पर्ने काम सम्बन्धीको मस्यौदा आदान–प्रदान गरेका थिए ।

यसपटकको बैठकमा दुवै पक्षले एक अर्काको प्रतिवेदनमा सुझाव दिने छन् । बैठकमा नेपाल पक्षले दिएको मस्यौदामा भारतीय पक्षले प्रतिक्रिया दिने र दुई पक्षीय सम्बन्ध सुधारका बाध्यता पनि भारतीय पक्षले जानकारी गराउने बुझिएको छ ।

नेपाल पक्षले सन् १९५० को नेपाल–भारत शान्ती तथा मैत्री सन्धिमा व्यापक फेरबदल लगायत केही महत्वपूर्ण सिफारिस गरेको र त्यसलाई भारतीय पक्षले सकारात्मक रुपमा लिएको स्रोतले बतायो ।

चार चार सदस्यीय समूहमा नेपालको नेतृत्व पूर्व मन्त्री तथा कुटनीतिज्ञ डा. भेषबहादुर थापाले गर्नेछन् भने भारतीय समूहको नेतृत्व भारतीय जनता पार्टीका उपाध्यक्ष भगतसिंह कोसियारीले गर्दै छन् ।

नयाँ दिल्लीमा हुने बैठकपछि अन्तिम प्रतिवेदन लेखनमा दुवै पक्ष जुट्ने जानकारी पनि नेपाल पक्षले दिएको छ । आउँदो भदौसम्म अन्तिम प्रतिवेदन बुझाउने तयारी रहेको र त्यस अनुसार नै काम हुने स्रोतको भनाई छ ।

प्रबुद्ध समूहको सक्रियताकै कारण हालै सम्पन्न प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको क्रममा सन् १९५० को सन्धि बारे केही कुराकानी भएको थिएन

प्रकाशित मिति : २९ चैत्र २०७४, बिहिबार  ४ : ०० बजे